
काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ । सो सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या विगत पाँच दिनमा कम्तीमा २२ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन् ।
The dignity, security, and progress of the Iranian nation is owed to the self-sacrifice of the martyrs. What prevents enemies from exerting their atrocities is the spirit of courage, sacrifice, and faith within the nation.
— Khamenei.ir (@khamenei_ir) January 2, 2018
मूल्यवृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म २२ व्यक्तिको मृत्यु भएको र सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।
प्रदर्शनकारीले देसमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका बताइएको छ ।
इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्