दाहालले गरे देउवालाई खबरदारी ! • Image Khabar Image Khabar


दाहालले गरे देउवालाई खबरदारी !


Imagekhabar
१८ पुष २०७४, मंगलवार १८:०२

दाहालले गरे देउवालाई खबरदारी !

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेशप्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमामात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सरकार र निर्वाचन आयोगले विलम्ब गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै उनले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेरमात्र प्रदेशप्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको अध्यक्ष दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरिरहेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने बताए ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन तथा प्रदेशप्रमुखको नियुक्तिलगायतका विषयमा छलफल भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्