
वाइसीएलको मंगलबारसम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटक–पटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको हो ।
बैठकले निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका खेल्ने सबै तहका नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिइ ।
वाइसीएलले वाम गठबन्धनलाई एकतामा रुपान्तरण गर्न र नेपाली जनताको चाहनाअनुसार नै तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी केन्द्र र नेकपा एमालेलाई आग्रह गरेको छ ।
वाइसीएलले पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी मूल्य र मान्यतालाई आत्मसात् गर्न समेत ध्यानकर्षण गराएको छ । रोल्पाका शहिद परिवार मंगले दम्पतीको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकामा धन्यवाद दिँदै वाइसीएलले लत्ताकपडा र घरायसी सामग्रीको व्यवस्था गर्ने निर्णय गरेको छ ।
साथै, वृद्ध दम्पतीलाई भरणपोषणमा सहयोग गर्ने निर्णयसमेत गरेको अध्यक्ष सापकोटाले जानकारी दिए । यस्तै, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वामगठबन्धनविरुद्ध लागेका केही नेता तथा कार्यकर्तालाई कारबाही गरिएको वाइसीएलले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्