हिमालयन हाइड्रो एक्स्पोः सर्वसाधारणलाई जलविद्युत्सम्बन्धी ज्ञान प्रदान गर्ने • Image Khabar Image Khabar


हिमालयन हाइड्रो एक्स्पोः सर्वसाधारणलाई जलविद्युत्सम्बन्धी ज्ञान प्रदान गर्ने


Imagekhabar
१८ पुष २०७४, मंगलवार २०:२६

हिमालयन हाइड्रो एक्स्पोः सर्वसाधारणलाई जलविद्युत्सम्बन्धी ज्ञान प्रदान गर्ने

यही पुस २१ गतेदेखि राजधानीको भृकुटीमन्डपमा आयोजना हुने मेलाले जलविद्युत्सम्बन्धी विस्तृत् जानकारी प्रदान गर्ने इभेन्ट सोलुसन्स्का प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

सर्वसाधारणलाई पहिलो चरणमा ‘टनेलिङ’सम्बन्धी ज्ञान प्रदान गरिने प्रधानको भनाइ छ ।

मेलामा जलविद्युत् उत्पादक, लगानीकर्ता, टर्बाइन उत्पादक, जेनेरेटर वितरण लाइन, टनेल निर्माणकर्तालगायतको २०० स्टल रहने आयोजकले जनाएको छ ।

मेलाको करिब १ लाख सर्वसाधारणले अवलोकन गर्ने आयोजकको विश्वास छ । मेला पुस २१ देखि २३ गतेसम्म आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्