
काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरेको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ ।
नेपाल तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनको रुपमा आज विभिन्न कार्यक्रम गरी कालो दिवस मनाउँदै छन् ।
२०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो ।
प्रतिक्रिया दिनुहोस्