
बुधबार नेपाल प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकाले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री देउवाले सरकार छाडेर मार्गप्रशस्त गरिदिनुपर्ने बताए ।
संविधानतः अहिले प्रधानमन्त्री देउवा सरकार प्रमुख रहेपनि अब सरकारमा बसिरहनु उचित नहुने डा. कोइरालाको भनाइ थियो ।
निर्वाचनमा पराजयपछि पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तनको बहसमा उनले पार्टी सभापतिका लागि आफ्नो पनि दाबी रहेको जिकिर गरे ।
युवाको हातमा एकैपटक नेतृत्व पुर्याउनेभन्दा पनि परिपक्वको अनुभव र युवाको जोस मिलाएरै कांग्रेस अगाडि बढिरहेको नबिर्सन उनले आग्रह गरे ।
वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश रोक्न राष्ट्रपतिलाई दबाब दिनु नै अधिनायकवादको पहिलो खुड्किलो भएको टिप्पणी पनि कोइरालाको थियो ।
प्रतिक्रिया दिनुहोस्