२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश राजधानी माग्दै धनकुटामा आमहडताल (१० तस्वीर)


0
Shares

हडतालका कारण बुधबार बिहानैदेखि धनकुटा बजार बन्द रहेको छ । कोसी राजमार्गमा सवारी–साधन गुडेका छैनन् ।

सवारी–साधन बीच बाटोमै रोकिँदा यात्रीहरु अलपत्र परेका छन् । सवारी–साधन नचल्दा धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरकोसमेत जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ताले राजमार्गमा टायर बालेर सवारी–साधन चल्न नदिएका हुन् । एम्बुलेन्स, प्रेस, विद्यालय, दूध र तरकारी बोकेका सवारी–साधनलाई भने रोकिएको छैन ।

यसैबीच, आन्दोलनकारीले बुधबार धनकुटामा तीनओटा गाडीमा तोडफोड गरेका छन् ।

काठमाडौबाट भोजपुर हिँडेको ना१ज ६४११ नम्बरको टाटासुमो, जल उत्पन्न प्रकोप कार्यालयको जिप र मोरङ कारागारको गाडी तोडफोड गरेका हुन् ।

संघर्ष समितिले साँझ ५ बजेपछि राति १२ बजेसम्म यातायात खोल्ने निर्णय गरेको छ ।

बिहीबारदेखि निरन्तर बन्द जारी रहने संघर्ष समितिका संयोजक सांसद निरन राईले बताए ।