२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


देउसी भैलोबाट संकलित रकम नौमती बाजा संरक्षणमा


0
Shares

धनकुटा । धनकुटामा नौमती बाजार संरक्षण अभियान सुरु भएको छ । देउसी भैलोबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान सुरु गरिएको हो ।

‘नेपाली कला संस्कृतिको जगेर्ना गरौं, नौमती वाजा संरक्षणमा लागि परौं’ भन्ने नाराका साथ छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका नौमती वाजा संरक्षण समूह, आइतबारे शान्ति क्लब र श्री समावेसी भजन कीर्तन समुह मिलेर संरक्षण सुरु गरेका हुन् ।

देउसीभैलो खेलेर संकलन गरेको १ लाख ४५ हजार रुपैयाँबाट विभिन्न वाजा खरिद गरिएको छ ।

उनीहरुले ट्याम्का, दमाहा, वागदल, झ्याम्टा, सनाइ, नरसिँहलगायतका बाजा खरिद गरेका छन् ।

यस्ता बाजागाजा हराउँदै गएकाले संरक्षणमा लागि परेको आइतबारे शान्ति क्लबका अध्यक्ष दिपक गुरुङले जानकारी दिनुभयो ।