२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थीबीच झडप, चारजना घाइते


0
Shares

जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीबीच बुधबार क्याम्पसमै झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार सामाजिक सञ्जालमा क्याम्पसबारे गरिएको टिप्पणीलाई लिएर दुई विद्यार्थी संगठनका विद्यार्थीबीच झडप भएको थियो ।

घाइते हुनेमा अनेरास्ववियुका किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ रहेका छन् भने अनेरास्ववियु क्रान्तिकारीका श्रीराम आचार्य र नितिलेश अधिकारी रहेका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइते सबैको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ । रासस