
उपत्यकाको तापक्रम बुधबार २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि, पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो ।
जिरी, जोमसोम र जुम्लाको तापक्रम बुधबार माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए ।
तराईका सबैजसो भागमा हुस्सु लागेको छ । तराईमा अधिकतम् तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम् तापक्रम घटेको छ ।
एक/दुई दिन मौसम यस्तै रहने विभागले जनाएको छ ।
आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु वहनु, हिमालको चिसो आउनुजस्ता कारणले चिसो बढेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्