३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


चिसो लगातार बढ्दै, जनजीवन कष्टकर


0
Shares

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार न्यूनतम तापमान १.५ डिग्री सेल्सियस रहेको छ । बुधबार न्यूनतम तापमान २.२ डिग्री सेल्सियस थियो ।

बिहीबार दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र अन्य स्थानको मौसम सामान्यतः सफा रहने पूर्वानुमान गरिएको पनि महाशाखाले जनाएको छ ।

तराई क्षेत्रका विभिन्न जिल्लामा शीतलहरका कारण विद्यालय बन्द गरिएको छ ।