२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


क्याम्पसको स्तरोन्नतीका लागि महायज्ञ आयोजना गरिने


0
Shares

२७ वर्षअघि स्थापना भएको क्याम्पसको भौतिक संरचना तथा संकाय र तह वृद्धिका लागि माघ २४ गतेबाट सप्ताह ज्ञान महायज्ञ लगाउन लागिएको क्याम्पस प्रशासनले जनाएको छ ।

महायज्ञबाट संकलित रकमले शिक्षाशास्त्र संकायतर्फ स्नातकोतर तह सञ्चालन गर्ने र जीर्ण भएका भवन निर्माण गर्ने तयारी रहेको क्याम्पस प्रमुख मोहन राईले बताए ।

महायज्ञबाट ३ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको प्रचार–प्रसार समितिका संयोजक प्राध्यापक सजन पौडेलले जानकारी दिए ।