Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


बीएमडब्लू मोटरसाइकल नेपाली बजारमा


0
Shares

काठमाडौं, मंसिर २९ । जर्मनीको अटोमोबाइल्स कम्पनी बीएमडब्लूका मोटरसाइकल नेपाली बजारमा पनि भित्रिएका छन् ।

हिमालयन मोटरर्डमार्फत् बीएमडब्लूका ‘जी–३१० आर’ र ‘जी–३१० जीएस’ स्थानीय बजारमा भित्रिएका हुन् ।

दुवै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

बाइकमा राइडिङ क्षमतासँगै उत्कृष्ट ब्रेकिंग सिस्टम दिइएको कम्पनीको दाबी छ ।

यी बाइकको स्थानीय बजार मूल्य ९ लाख ५० हजारदेखि ११ लाख १५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।