
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको बैठकले संवैधानिक प्रक्रिया पूरा गरेर नयाँ सरकार गठनको बाटो खोल्न सुझाव दिएको हो ।
बैठकमा नेताहरुले राष्ट्रियसभाको निर्वाचनको मिति चाँडो तोक्न सरकारलाई दबाब दिए ।
बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र माओवादी केन्द्रलगायतका दल प्रदेशप्रमुख नियुक्ति र केन्द्र सरकारले तोक्ने विषयमा सहमत भएको बताए ।
उनले निर्वाचन आयोगसँग परामर्श गरेर चाँडै राष्ट्रियसभा निर्वाचनको मिति तय गर्ने सहमति भएको पनि बताए ।
वाम गठबन्धनका नेताहरु नाराणकाजी श्रेष्ठ र भीम रावलले आवश्यक संवैधानिक प्रक्रिया पूरा गरेर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेको बताए ।
प्रदेशप्रमुखको नियुक्ति र केन्द्र तोक्ने सम्बन्धमा सरकारलाई आवश्यक काम थाल्न सुझाव दिएको उनीहरुको भनाइ थियो ।
उनीहरुले राष्ट्रियसभा निर्वाचन प्रक्रियालाई अगाडि बढाउन विलम्ब नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताए ।
एमाले–माओवादी केन्द्रका नेताहरुले कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने नियुक्ति, सरुवा, बढुवा नगर्न सुझाव पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्