
काठमाडौं, मंसिर २९ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूरानो कानुनका कारण बसहरु कम्पनीमा आउन नसकेको दाबी गरेका छन् ।
हालसम्म ११/१२ हजार बसहरुमात्र कम्पनीमा आएको उनले बताए ।
यातायात क्षेत्रको ‘सिन्डिकेट’ आफूले तोडेको दाबी गरेका मन्त्री महासेठले अब यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरण गठनको तयारी भइरहेको बताए ।
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यातायात प्राधिकरण गठनका लागि अध्ययन गर्न समिति बनाएको र त्यसले आगामी साता प्रतिवेदन दिने बताए ।
प्राधिकरण गठनपछि यातायातलाई प्राधिकरणले नै सन्चालन गर्ने उनको भनाइ छ ।
प्राधिकरण ‘पब्लिक–प्राइभेट पार्टनरसिप’ मोडलमा सन्चालन गरिने र आगामी वैशाखदेखि प्राधिकरणकै मातहातमा बसहरु सन्चालन हुने उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्