१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


‘नातिले गरे बाजे–बज्यैको हत्या’


0
Shares

विनोद सिंह विष्ट (इमेज)

बैतडी, मंसिर २९ । बैतडीमा आफ्ना बाजे र बज्यैको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सूर्नया गाउँपालिका–७, पत्थरकोटमा २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षीय बाजे गगन कुँवर र ७६ वर्षीया बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।

शनिबार बिहान करिब सवा ११ बजे लोकेन्द्रले घरमै दाउराको चिर्पटले हानेर बाजे र बज्यैको हत्या गरेको जनाइएको छ ।

लोकेन्द्रलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।