अति जाडो भएपछि आगो बालेर चिया बाँड्दै नेपाली सेना • Image Khabar Image Khabar


अति जाडो भएपछि आगो बालेर चिया बाँड्दै नेपाली सेना


Imagekhabar
२० पुष २०७४, बिहीबार १४:५४

अति जाडो भएपछि आगो बालेर चिया बाँड्दै नेपाली सेना

जिल्ला सदरमुकाम जलेश्वर–९ स्थित नेपाली सेनाको फस्ट रैफल गणले बिहीबार बिहानैदेखि एकडारा गाउँपालिकाको पाँच सार्वजनिक स्थानमा दाउरा बाल्नुका साथै स्थानीयवासीलाई तातो चियासमेत पिलाएको गणपति कृष्ण खड्का क्षेत्रीले बताए ।

सेनाले जिल्लाको मटिहानी नगरपालिका र जलेश्वर नगरपालिकामा पनि जाडोबाट प्रभावितलाई यसैगरी ठाउँ ठाउँमा दाउरा बालेर र चिया पिलाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्