रसिद खान र किशोर महतो ‘इन’, विनोद भण्डारी र सागर पुन ‘आउट’ • Image Khabar Image Khabar


रसिद खान र किशोर महतो ‘इन’, विनोद भण्डारी र सागर पुन ‘आउट’


Imagekhabar
२० पुष २०७४, बिहीबार १७:५४

रसिद खान र किशोर महतो ‘इन’, विनोद भण्डारी र सागर पुन ‘आउट’

रसिद खान र किशोर महतो पहिलोपटक २१ सदस्यीय टिममा अटाएका छन् भने राष्ट्रिय टोलीका दुई सदस्यहरु विनोद भण्डारी र सागर पुन बाहिरिएका छन् ।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले बिहीबार छनोट गरेका खेलाडीहरुमा कप्तान पारस, रसिद र किशोरबाहेक ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी, अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ र ललित भण्डारी रहेका छन् ।

त्यसैगरी, ललितनारायण राजवंशी, आरिफ सेख, शक्ति गौचन, शरद भेषावकर, सिद्धान्त लोहनी, सोमपाल कामी, सन्दीप लामिछाने, सुनील धमला र सुशन भारी छनोट भएका छन् ।

बन्द प्रशिक्षण छिट्टै हुने जनाइएको छ । सो प्रतियोगिता माघ २३ गतेदेखि नामिबियामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्