रुकुममा चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द « Image Khabar


रुकुममा चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द


Imagekhabar
२० पुष २०७४, बिहीबार १९:११

चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिएका छन् ।

चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षकहरूको भनाइ छ ।

गत आइतबारदेखि बन्द भएका विद्यालय आगामी माघ १५ गतेदेखि सन्चालन हुने बताइएको छ । विद्यालय बन्द भएपछि विद्यार्थी र अभिभावक न्यानो ठाउँमा अस्थायी बसाइ सर्न सुरु गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्