३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


नेप्से ७ अंकले सकारात्मक


0
Shares

अघिल्लो दिन उच्च गिरावट आएको सेयर बजारमा यसदिन भने सामान्य सुधार आयो । उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंकले सकारात्मक रहेर १४ सय २३ कायम भएर थामियो ।

विकास बैंक, होटल र व्यापारबाहेक अरु समूह सकारात्मक रहे । बिमा समूह सबैभन्दा उच्च १८ अंकले उकालो लाग्यो ।

अन्य र उत्पादनमूलक समूह पनि दोहोरो अंकले सुधारिए । लघुवित्त, वाणिज्य बैंक, जलविद्युत् र वित्त समूह भने सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका १३ लाख ५० हजार बराबर कित्ता सेयर ५३ करोढ ५० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।