
वीरगन्जस्थित सुपर ग्यास उद्योगमा आगलागी भएपछि विभागले गुणस्तर चिह्न नलिएका उद्योग बन्द गर्ने जनाएको हो ।
विभागकाअनुसार हालसम्म चारओटा ग्यास उद्योगलेमात्रै गुणस्तर चिह्न लिएका छन् ।
गुणस्तर चिह्न लिनका लागि बारम्बार ताकेता गरिरहँदा पनि ग्यास कम्पनीले अटेर गरपछि विभागले यस्तो कदम चाल्न लागेको जनाएको छ ।
शुक्रबारदेखि नै ग्यास बोटलिङ प्लान्टको अनुगमन गर्ने र तत्कालै कारबाही गर्नेबारे विभागले नेपाल आयल निगमलाई पत्र पनि पठाइसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्