बाजेको सेकुवा अब न्युयोर्कमा • Image Khabar Image Khabar


बाजेको सेकुवा अब न्युयोर्कमा


Imagekhabar
२१ पुष २०७४, शुक्रबार १३:१५

बाजेको सेकुवा अब न्युयोर्कमा

बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार उनले न्युयोर्कमा रहेका नेपाली व्यावसायिक समूहसँग क्षेत्रीय फ्रेञ्चाईज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस व्यावसायिक समूहमा दीपक भण्डारी, पदम गुरुङ्ग, सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, महेश बहादुर भट्टराई र गणेश लम्साल लगायतका व्यक्तिहरु आवद्ध छन् ।

हाल नेपालमा १३ वटा शाखा रहेको बाजेको सेकुवाको अन्तर्राष्ट्रियस्तरमा यो पहिलो शाखा हुनेछ । आउँदो ६ वर्षभित्र अमेरिकामा थप ७ वटा शाखा खोल्ने प्रक्षेपण गरिएको छ ।

बाजेको सेकुवाले अमेरिका बाहेक कतार, बेलायत र अष्ट्रेलियामा पनि आफ्नो शाखाहरु विस्तार गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्