
स्थानीय टुँडिखेल मैदानको गेटबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै अदालतअगाडि गएर सकिएको थियो ।
युवा अगुवा अनुप थापाले कर्णालीलाई मुख्यमन्त्रीभन्दा पनि राजधानी चाहिएकोमा जोड दिए ।
‘मुख्यमन्त्रीको कार्यकाल पाँच वर्षको हुन्छ, सकिन्छ’–उनले भने–‘तर कर्णाली राजधानी हुँदा सदाबहार परिवर्तनतिर उन्मुख हुन्छ । त्यसैले कर्णालीको जुनसुकै जिल्लामा होला, राजधानी कर्णालीमै तोकिनुपर्छ ।’
नागरिक समाज जुम्लाले कर्णालीमा प्रदेश राजधानी हुनुपर्ने पक्षमा आवाज बुलन्द गर्न कर्णालीवासीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्