भैरहवा । नेपाली अल्लोको धागोबाट उत्पादित वस्तुप्र्रति नेपाली उपभोक्ताको आकर्षण बढेको छ ।
भैरहवामा जारी सातौं लुम्बिनी राष्ट्रिय महोत्सवमा नेपाली धागोबाट निर्मित वस्तुप्रति नेपाली उपभोक्ताको रुची बढेको पाइएको हो ।
नेपाली धागोबाट उत्पादित वस्तुप्र्रति नेपाली उपभोक्ताको आकर्षण बढेको छ ।
सातौं लुम्बिनी राष्ट्रिय महोत्सवमा रहेको नेपाली अल्लोको धागोबाट निर्मित स्टकोट, ब्याग, टोपी, जुत्ता, आउटर, बेल्टलगायतका सामग्रीप्रति उपभोक्ताको रुची बढेको हो ।
ती सामान खरिद गर्न उपभोक्ताको भिड लाग्ने गरेको छ । चिनारी महिला साझेदारी उद्योग समूह दाङले भैरहवा मेलामा नेपाली धागोबाट बनेका स्वदेशी कपडाको स्टल राखेको छ ।
नेपाली उत्पादनप्रति चासो बढेकै कारण स्टलमा भिड लाग्ने गरेको समूहकी अध्यक्ष प्रेमकुमारी पुनले बताइन ।
उनले जंगलमा खेर जाने अल्लोलाई सदुपयोग गरी स्वदेशमै कपडा उत्पादन गर्दै आएको जानकारी दिइन् ।
चिनारी महिला साझेदारी उद्योग समूहले जंगलमा कुहिएर जाने बनस्पतिको संरक्षण गर्दै विपन्न, द्वन्द्वपीडित, भूमीहीन तथा एकल महिलालाई स्वरोजगार पनि बनाएको उनले बताइन् ।
नेपाली कच्चापदार्थलाई प्रशोधन गरी बनाइएका सामग्री अन्य आयातित कपडाभन्दा राम्रो हुने उनको भनाइ छ ।
मुलुकमा विदेशी कपडा आयात बढ्दै गइरहेका बेला स्वदेशमै उत्पादित यस्ता वस्तुको प्रवद्र्धन गर्न सकिए व्यापार घाटासमेत घट्ने र रोजगारीका अवसरसमेत सिर्जना हुने समुहकी अध्यक्ष पुनले बताइन् ।
मेला आयोजक मूलसमारोह समितिका अध्यक्ष तथा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले स्थानीय उद्योगबाट उत्पादित सामाग्रीलाई प्रचार प्रसारका लागि मेलाले ठूलो टेवा पु¥याएको दाबी गरे ।
स्वदेशी उत्पादनको प्रचारप्रसार गर्दै आगामी दिनमा पनि यस्ता मेला तथा महोत्सव आयोजना गर्न सके मुलुकको आर्थिक विकासमा समेत फड्को मार्ने विज्ञहरु बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्