अकबरे खुर्सानीले उचित मूल्य पाएन • Image Khabar Image Khabar


अकबरे खुर्सानीले उचित मूल्य पाएन


Imagekhabar
२२ पुष २०७४, शनिबार १३:२१

अकबरे खुर्सानीले उचित मूल्य पाएन

वर्षेनी उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनका लागि कसैले चासो नदिँदा अकबरे खुर्सानीले बजार पाउन नसकेको गुनासो किसानको छ ।

बजार भाउ घटेपछि व्यवसायिक खेती गरिरहेकाहरु निराश बनेका छन् । गतवर्ष यो सिजनमा अकबरे न्यूनतम् ३ सय ५० रुपैयाँदेखि साढे पाँच सय रुपैयाँसम्ममा कारोबार भएको थियो ।

तर यो वर्ष हाल १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँमा मात्रै कारोबार भइरहेको छ । उत्पादन बढी भएपछि बजार मूल्य घटेको हुनसक्ने सुदापका किसान डिकबहादुर खड्काले बताए ।

हरेक वर्ष अकबरे खुर्सानीको बजार जेठ मसान्तदेखि सुरु हुन्छ । यो वर्ष पनि सुरुवातमा हरियो खुर्सानीको कारोबार प्रतिकिलो ४ सय रुपैयाँसम्ममा भएको भयो । तर पछिल्ला दिनमा मूल्य निकै घटेको हो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार गतवर्ष जिल्लामा १२ करोड रुपैयाँको अकबरे खुर्सानी उत्पादन भएको थियो । किसानले २५ हेक्टरमा लगाएको अकबरे खेतीबाट ३ सय १२ टन उत्पादन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्