
नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ ।
हाल दुईओटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईओटा विमान ल्याउँदैछ ।
अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
दाङको तुलसीपुर विमानस्थलमा निगमले उडान भर्ने तयारी गरेको हो ? भन्ने जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने–‘तत्कालै त्यस्तो योजना छैन, अहिले पाइलट पनि छैनन्, विमान पनि कम छन्, भएका गन्तव्यमै नियमित उडान भर्न समस्या छ, पछि विमान थपिए विस्तार गरिन्छ ।’
निगमले सानो विमानले काठमाडौंबाट सीधा ६ र विराटनगर तथा नेपालगन्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।
अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका ८ गन्तव्यमा एक बोइङ नाइन एसिबी–५७५ र एअरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ ।
निगमले थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्र्याएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्