
शनिबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले अब बस्ने मन्त्रिपरिषदले प्रदेशप्रमुखको नियुक्ति गरेपनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने स्पस्ट पारे ।
प्रदेशको अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक गरेपनि अरु दलले चासो नदिएर उम्किन खोजेकाले सरकारलेमात्रै ‘अपजस’ नलिने उनको भनाइ थियो ।
अस्थायी राजधानी तोक्नेबारे सरकारले जिम्मा लिँदा देशभरि आन्दोलन चर्कनसक्ने भएकाले सरकार यसमा केही नबोल्ने उनले बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रदेशप्रमुख नियुक्त गर्ने जिम्मेवारी सरकारले पूरा गर्दैन भने अबिलम्व राजीनामा दिएर नयाँ सरकारका लागि बाटो प्रशस्त गर्नुपर्ने बताए ।
उनले नयाँ सरकारले प्रदेशप्रमुख तोक्ने र प्रदेशको राजधानी तोक्ने काम साता दिनभित्रै गर्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्