२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नराम्ररी पराजयपछि के ? कांग्रेसभित्र ‘युवाको भूमिका प्रभावहीन’ (भिडियो)


0
Shares

कांग्रेस पराजयको कारण खोज्न समूहपिच्छेका समानान्तर बैठक पनि बसे । तर, उनीहरुले नेतृत्वकोमात्र होइन, आफ्नो पनि दोष भएको स्वःमूल्यांकन गरे ।

नेपाली कांग्रेसभित्रका अधिकांश नेताले पार्टी पराजयको समीक्षा आफूभित्रै खोजिरहेका छन् । उनीहरुले पार्टीले अनपेक्षित परिणाम प्राप्त गरेकोमा मुलतः केन्द्रीयस्तरका नेता नै दोषी भएको भन्दै पराजयको जिम्मेवारी सबैले लिनुपर्ने धारणा राखेका छन् ।

केही नेता भने राजनीतिलाई अंकगणितीयरुपमा नभइ राजनीतिकरुपमा हेर्नुपर्ने भन्दै राजनीतिकरुपमा कांग्रेसले जितेको दाबी गर्छन् ।

पार्टी र जनताबीचको सम्बन्ध पहिलेभन्दा बढेको भन्दै उच्च मनोबलकासाथ पार्टी अगाडि बढ्ने भनाइ वाणिज्यमन्त्री एवं कांग्रेस नेता मीन विश्वकर्माको छ ।

नेता विश्वकर्मा ढुलमुले नीतिले अगाडि बढ्न नसक्ने भन्दै पार्टी परिचालनको प्रस्ट विचार चित्र आवश्यक रहेको बताउँछन् ।

अहिलेको अवस्थामा पार्टीको विचार परिमार्जित गर्नुपर्ने, समावेशी र समाजवादी नीतिलाई सक्रिय बनाउनुपर्ने, पार्टीलाई सामूहिकरुपमा अगाडि बढाउनुपर्ने र विधानसम्मतरुपमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अर्कातिर नेता गुरुराज घिमिरेचाहिँ पार्टीभित्र युवाको भूमिका प्रभावहीन भएको निष्कर्ष सुनाउछन् ।

पार्टी सन्चालनमा सुधार, पार्टीमा युवा आकर्षित नीति, पार्टीका नेताहरुको कार्यशैलीमा परिवर्तन र गाउँ, वडा, जिल्ला, क्षेत्र हुँदै केन्द्रीय समितिलाई सक्रिय बनाउनुपर्ने घिमिरेको ठहर छ ।

भिडियो हेर्नुहोस्