२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक फरार


0
Shares

टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको को१त ९७१६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक उर्लाबारी–४ बस्ने २५ वर्षीय दीप माझीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा स्थानीय मंगलबारे अस्पतालमा मृत्यु भएको हो ।

ट्याक्टरलाई नियन्त्रणमा लिए पनि त्यसका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिए । रासस