२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्छ’


0
Shares

शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा पोखरेलले ‘इतिहासलाई बिर्सेर आफूलाई कम्युनिष्ट हुँ भन्न नसुहाउने’ उल्लेख गरे ।

पृथ्वीनारायण शाहको योगदानविरुद्ध नकारात्मक कुरा गर्नेलाई रोक्नुपर्ने पनि उनले बताए ।

इतिहासका राम्रा कुरालाई निरन्तरता दिँदै सम्मान गर्न आफ्नो पार्टी सधैं तयार रहेको उनको भनाइ थियो ।

पृथ्वी अभियन्ता भरत बस्नेतले सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाउने घोषणा गरेपनि पृथ्वीजयन्ती नराख्नु उचित नभएको बताए ।

अहिलेको पुस्ताले पृथ्वीनारायण शाहलाई बिर्संदै गएको भन्दै उनले अब घरघरमा राष्ट्रभाव जगाउनुपर्ने उल्लेख गरे ।