२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई माघदेखि मासिक ५ हजार भत्ता : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पतालको ५६औं वार्षिकोत्सवमा स्वास्थ्यमन्त्री बोहराले अस्पताललाई व्यवस्थित बनाउन चाहिने तीन करोड रुपैंयाँसहित आवश्यक पर्ने सामग्री पनि सहयोग गर्ने बचन दिएका हुन् ।

सरकारले केही समयअघि क्यान्सर, स्पाइनल कर्ड इन्जुरी, मिर्गौलाका बिरामीलाई मासिक ५ हजार भत्ता दिन गरेको निर्णय यही माघबाट कार्यान्वयनमा आउने पनि उनले बताए ।

एक हप्ताभित्र अस्पताललाई आवश्यक सामग्रीको सूची लिएर मन्त्रालय आउन उनले अस्पतालका निर्देशकलाई आग्रह गरेका छन् ।

निर्देशक गणेशकुमार राईले ५२ श्यैयाको एकीकृत आइसीयू स्थापना गरेपनि जनशक्ति अभावका कारण हाल ३६ श्यैयामा मात्र सन्चालन गर्नुपरेको गुनासो गरे । उनले अस्पताललाई कागजरहित बनाउन ‘डिजिटल सफ्टवेयर सिस्टम’ बिस्तार गर्दै लगिने पनि जानकारी दिए ।

सिविन नेपालको सहकार्यमा अस्पताल परिसरमा बालमनोरोग भवन बनाउन तयारी भइरहेको जानकारी दिँदै उनले फोहोरमैला व्यवस्थापनका लागि पनि सहयोग जरुरी परेको सुनाए ।