
आमहडतालको चौथो दिन शनिबार पनि यातायातका साधनहरु, बजार तथा पसल, कलकारखाना सबै बन्द रहे ।
संघर्ष समितिले बुधाबारदेखि आमहडताल आह्वान गरेको हो । हडतालका कारण जनजीवन निकै कस्टकर बनेको छ ।
शनिबार डोटीका विभिन्न ठाउँमा सिट्ठी बजाउँदै प्रदर्शन गर्नुका साथै दबाबमूलक साँस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
सोक्रममा बोल्दै संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले आफूहरुको आवाज सरकारसमक्ष पुर्याउन सिट्ठी बजाउँदै जुलुस निकालेको बताए ।
सरकारले ७ नम्बर प्रदेशको अस्थायी राजधानी दिपायलमा नतोकेसम्म आन्दोलन जारी रहने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्