काठमाडौं । इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले लगातार दोस्रो वर्ष अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका छन् ।
बेलायती सञ्चारमाध्यम बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी अफ्रिकन फुटबलर अफ द इयरका लागि अन्तिम मनोनयनमा परेका खेलाडीबाट उनले अवार्ड जितेका हुन् ।
लगातार दोस्रो वर्ष यो अवार्ड जितेका उनले मिधी बेनाटीया, कालीडो कोउलीवालील र साडियो माने तथा थोमस पार्टेलाई पछि पारे ।
गत सिजन ५२ खेलमा ४४ गोल गरेका सलाह प्रिमियर लिगको वर्ष खेलाडी पनि बनेका थिए ।
सलाहको महत्वपूर्ण प्रदर्शनका कारण गत सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।
यसका साथै उनले देशलाई विश्वकपमा पु¥याउन पनि महत्वपूर्ण योगदान गरेका थिए । सलाह लगातार दोस्रो पटक यो अवार्ड जित्ने दोस्रो खेलाडी बनेका छन् ।
यसअघि नाइजेरियाका जे जे ओकोचाले यो अवार्ड जितेका थिए ।
सन् २००१ बाट सुरु भएको अफ्रिकन बर्ष खेलाडीको अवार्ड अहिलेसम्म १५ खेलाडीले जितिसकेका छन ।








प्रतिक्रिया दिनुहोस्