२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ताप्लेजुङमा आजको तापक्रम यस वर्षकै कम मापन


0
Shares

आज विहानको न्यूनतम तापक्रम १ दशमलब ४ डिग्रि सेल्सियस मापन गरीएको हो ।

पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार यो यस वर्षकै कम तापक्रम हो ।

यस अघि हिजो २ दशमलब ४ डिग्री मापन गरिएको थियो भने दिउँसोको तापक्रम १५ डिग्री सेल्सियस मापन गरीएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङकी सरस्वती ईजमले जानकारी दिइन् ।

पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौषमविद्को भनाई छ ।

सदरमुकाम फुङ्लिङमा नै १ दशमलब ४ डिग्रि सेल्सियस मापन गरिदा माथिल्लो क्षेत्रमा तपक्रम माईनसमा झरेको हुनसक्ने हावापानी फिल्ड कार्यालयको भनाई छ ।

चिसो बढे पनि हिमपात भने नभएको तर तुसारो झर्ने र पानी जम्ने क्रम भने सुरु भएको कार्यालयले बताएको छ ।