
कतै पुरानै क्षेत्रीय मुकाम रहेका स्थानलाई प्रदेश मुकाम कायम गर्नुपर्ने माग उठेको छ भने कतै नयाँ स्थानलाई मुकाम तोक्न माग गर्दै आन्दोलन भइरहेको छ ।
पछिल्ला दिनमा प्रदेशको राजधानी माग गर्दै सरकारलाई दबाब दिन जनप्रतिनिधिहरु काठमाडौंसम्म पनि धाउन थालेका छन् ।
प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेतालाई समेत ज्ञापनपत्र बुझाउँदै प्रदेश मुकामको माग भईरहेको छ ।
प्रदेश नम्बर एकको राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ धर्ना भइरहेको छ ।
प्रदेश मुकाम धनकुटा कायम नहुँदासम्म आन्दोलन जारी रहने नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए ।
सरकारले प्रदेश मुकाम घोषणा गर्न छानबिन गरी सिफारिस गर्न बनाएको समितिले विराटनगरलाई सिफारिस गरेपछि धनकुटाका जनप्रतिनिधिहरुसहित विभिन्न राजनीतिक दलका स्थानीय नेताले काठमाडौंमै आएर धर्ना दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्