३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


चिसो छल्न चौंरी र भेडीगोठ बेंसीतिर (भिडियो)


0
Shares

यसअघिका वर्षहरुमा चाँडै चिसोसँगै हिमपात हुँदा मंसिरमा नै बेंसी झर्ने भेडा र चौंरीका गोठहरु भर्खरैमात्र ओरालो लाग्दैछन् । यो वर्ष सामान्य हिमपात र चिसो मौसम पुस मध्यबाट मात्र सुरु हुँदा ढिला गरी गोठ बेंसी झर्न थालेका हुन् ।

ताप्लेजुङको घुन्सा, ओलाङ्चुङगोला, पापुङ, कालिखोला, पाँचथरको फालोट, इलामको सन्दकपुर, कालापोखरी लगायतका स्थानबाट भेडा र चौंरीगोठ बेंसीतर्फ सार्न थालिएको छ ।

चौरी गोठसँगै गोठधनी पनि खाने–बस्ने सबै सरसामान लिएर बेंसीतर्फ झर्ने गर्छन् । उनीहरु हिउँदभर सामूहिक रुपमा खर्कमा बनाइएका गोठहरुमा बस्ने गर्दछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्