राजधानी माग गर्दै आएका आन्दोलनकारीले सरकारी भवनमा टाँसे मन्त्रालयका बोर्ड • Image Khabar Image Khabar


राजधानी माग गर्दै आएका आन्दोलनकारीले सरकारी भवनमा टाँसे मन्त्रालयका बोर्ड


Imagekhabar
२३ पुष २०७४, आईतवार १६:०७

राजधानी माग गर्दै आएका आन्दोलनकारीले सरकारी भवनमा टाँसे मन्त्रालयका बोर्ड

धनकुटास्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटाले मन्त्रालय स्थापाना गर्न सिफारिस गरेबमोजिम आन्दोलनकारी साईनबोर्ड राखेका हुन् । जसअन्तर्गत सामुदायिक भवनमा प्रदेशसभा भवनको, क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा मुख्यमन्त्रीको, क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको साईनबोर्ड राखिएको छ ।

यसैगरी सिचाईमा गृह, शिक्षामा अर्थ, सरकारी वकिल कार्यालयमा शिक्षा, आवास तथा शहरी विकासमा प्रदेश सचिवालय राखिएको छ । त्यस्तै प्राविधिक कार्यालयका दुई भवनमा पूर्वाधार विकास र उद्योग मन्त्रालय, मालपोत कार्यालयमा कृषि भूमि ब्यवस्था तथा पशु मन्त्रालय र सहकारी डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको साईनबोर्ड राखिएको हो ।

विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय धनकुटाले धनकुटामा सात मन्त्रालयको लागि सात भवन प्रस्ताव गरेको थियो । जसका लागि मर्मत खर्च करिब पाँच करोड लाग्ने अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्