
कञ्चनरुप नगरपालिका वडा नम्वर २ बरमझियाका ५५ वर्षीय बेचन शेख र वडा नम्वर ७ का ६१ वर्षीय उत्तम मरिकको शीतलहरका कारण मृत्यु भएको छ । यसअघि शनिबार पनि कञ्चनरुप र डाकनेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णा सवरण र तिलाठी कोइलाडी गाउँपालिकामा गरी एक बालकसहित ७ जनाको मृत्यु भएको थियो ।
कञ्चनरुप नगरपालिका वडा नम्वर–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरी, खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी, कृष्णा सवरण गाउँपालकिाल ४ का ६० वर्षीय लखन ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका ७ का ३६ वर्षीय शिवु मण्डल, डाकनेश्वरी नगरपालिका ८ का ५५ वर्षीय झौली यादवको मृत्यु भएको छ ।
यसअघि तिलाठी कोइलाडी गाउँपालिका २ का ५५ वर्षीय सुजान ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र वडा नम्वर १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो ।
सप्तरीमा दलित र विपन्न समुदायका व्यक्तिहरु चिसोबाट बढी प्रभावित भएका छन् । जसमा बालबालिका, वृद्ध र बिरामी बढी समस्यामा छन् । दलितमध्ये पनि डोम र मुसहर समुदाय चिसोको चपेटामा परेका छन् ।
शीतलहरले जनजीवन थप कष्टकर हुँदै गएपछि स्थानीय प्रशासनले केही राहत वितरण समेत वितरण सुरु गरेका छन् । तथापी, स्थानीय तहले हालसम्म पनि पर्याप्त दाउरा र चिसोबाट बच्ने वैकल्पिक व्यवस्था गर्न सकेको पीडितहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्