
आइतबार राजधानीमा भएको कार्यक्रममा कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार नभएको तर्क गरे ।
संविधानले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई दिएको भन्दै सरकारलाई स्थायी वा अस्थायी राजधानी तोक्ने अधिकार नरहेको उनले बताए । उनले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष भीम रावलले संविधानले सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्ने अख्तियारी दिएको तर सरकारले तोक्न नसके कर्तव्यच्यूत हुने टिप्पणी गरे ।
अर्को प्रशंगमा उपाध्यक्ष रावलले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता गृहकार्य जारी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्