२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मंगलबार देशैभरीका निजी विद्यालय बन्द हुने


0
Shares

प्याव्सनका पूर्वअध्यक्ष डा.बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

यसैगरी, बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीनदिनसम्म प्याब्सनका झन्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

उनी मुटुरोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा.पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहेका थिए । रासस