
पोखरा, मंसिर २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य तोकिएको समयभन्दा ६ महिनाअघि सकिने दाबी गरेका छन् ।
तेस्रो काहुँ धरहरा महोत्सवको शुक्रबार कास्कीमा उद्घाटन गर्दै मन्त्री अधिकारीले ‘बेलाबेलामा विमानस्थल नबन्ने आशंका पैदा भएपनि कसैले रोक्न सक्दैन’–भने ।
सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यको नजिक अहिले नै पुगिसकेको भन्दै उनले २०२० सम्म २६/२७ लाख पर्यटक पुर्याउनसकिने जिकिर गरे ।
काहुँ महोत्सव आगामी पुस ८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्