२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खुकुरी हानाहान हुँदा दुई युवक गम्भीर घाइते


0
Shares

घाइते हुनेमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

सुवासले रोशनको साथीलाई मोटरसाइकलमा लिफ्ट नदिएको विषयमा विवाद भएपछि खुकुरी हानाहान भएको जानकारी प्रनाउ मल्लले दिए । केही बेरपछि रोशनले खुकुरी निकालेर सुवासलाई प्रहार गरेको र सुवासले पनि रोशनकै खुकुरी खोसेर उसैमाथि हानेपछि दुवैजना गम्भीर घाइते भएका हुन् । सुवास र रोशन दुवैको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

दुवै जनालाई दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका लागि लगिए पनि सो अस्पतालले सामान्य उपचार गरी थप उपचारका लागि मेट्रो सिटी अस्पताल, पोखरा रिफर गरेको थियो ।

एउटै अस्पतालमा उपचार हुँदा फेरि झडप हुने देखेर रोशनको सोही अस्पताल र सुवासलाई मणिपाल शिक्षण अस्पतालमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस