१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता निरौलाविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ ।

घुस लिँदालिँदै पक्राउ

यस्तै, कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत् कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई रु सात हजार घुस लिँदालिँदै गरेको अवस्थामा आयोगको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

सेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस माग मागेको अभियोग लागेको छ ।

आरोपी आत्रेयमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस