१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पूर्वराजा ज्ञानेन्द्रले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भेटे


0
Shares

मध्यपश्चिम र सुदूरपश्चिम नेपालको भ्रमणकाक्रममा केही दिनदेखि नेपालगन्जमा रहेका पूर्वराजा शाह त्यहीँबाट आइतबार उत्तर प्रदेशको राजधानी लखनउ पुगेका थिए ।

मुख्यमन्त्री आदित्यनाथसँग पूर्वराजा शाहको भेटवार्ताको विषय भने खुलेको छैन ।

आदित्यनाथले सोमबार लखनउस्थित सरकारी निवासमा पूर्वाराजा शाहसँग भेट गरेको ट्वीट गर्दै तस्वीर सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दूवादीकारुपमा चिनिन्छन् । उनले नेपालमा पनि हिन्दूधर्मको मुद्दामा समर्थन जनाउँदै आएका छन् ।