काठमाडौं, मंसिर २८ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटमा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई ५ रनले हराउँदै चितवनले प्रतियोगितामै पहिलो जित दर्ता गरेको हो ।
खेलमा चितवनले दिएको १९७ रनको चुनौती पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १९१ रनमात्रै बनाउन सक्यो ।
विराटनगरका लागि हङकङका खेलाडी बाबर हयातले सर्वाधिक ९० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । चितवनका लागि बेलायती ब्याट्सम्यान जोन सिम्पसनले ७८ रनको योगदान दिए ।
यो खेलमा पराजित भएसँगै विराटनगरलाई अघिल्लो चरणमा प्रवेश गर्न अर्को खेल जित्नैपर्ने दबाब भएको छ ।








प्रतिक्रिया दिनुहोस्