१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


हत्या गरिएका व्यवसायी पौडेलको शवयात्रासहित अन्त्येष्टि


0
Shares

सहिद घोषणाका लागि स्थानीय प्रशासनले सिफारिस गर्नेलगायतका सहमतिपछि सोमबार शवको पोस्टमार्टम् गरिएको थियो ।

पौडेलको सोमबारै शवयात्रासहित चितवनको देवघाटमा हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिएको हो ।

शवयात्रामा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।

शवयात्राअघि नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले शवमा पार्टीको झन्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

बुटवलको चौराहामा आयोजित शोकसभामा बोल्दै उपमहासचिव भुसालले भयरहित समाज निर्माणका लागि सरकारले अपराध घटाउने गरी कदम चाल्न जरुरी रहेको बताए ।

शुक्रबार बिहान पौने ११ बजेतिर देवदह, ढेकाबारको आफ्नै फर्निचर उद्योगमा बसिरहेका बेला पौडेलको गोली हानी हत्या गरिएको थियो ।