डोटीमा हडताल स्थगित • Image Khabar Image Khabar


डोटीमा हडताल स्थगित


Imagekhabar
२४ पुष २०७४, सोमबार १९:४५

डोटीमा हडताल स्थगित

सोमबार साँझबाटै अवरुद्ध गरिएको सडक खोलिएको छ । सडक खोलिएसँगै सवारी–साधनहरु चल्न सुरु गरेका छन् ।

मंगलबारदेखि बन्द बजार, पसल, उद्योग, कलकारखाना, सबै खोल्ने निर्णय गरिएको छ ।

७ नम्बर प्रदेशका सातओटै पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग डोटीको बुडरमा अवरुद्ध गरिएपछि पहाडको तराईसँगसमेत सम्पर्कविच्छेदको अवस्था थियो ।

जनजीवन कठिन बन्दै गएपछि आन्दोलनको स्वरुप फेर्ने निर्णय गरिएको संघर्ष समितिका संयोजक एवं डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए ।

अस्थायी मुकामकै लागि पनि सरकार तत्काल निर्णय नगर्ने अवस्थामा पुग्दा हडतालको औचित्य समाप्त भएपछि स्वरुप फेर्ने निर्णयमा पुगेको उनले बताए ।

अबको आन्दोलन ‘रणनीतिक आन्दोलन’ हुने संघर्ष समितिले जनाएको छ । जसमा निरन्तर धर्ना तथा अनशन, रचनात्मक दबाब सिर्जनालगायत रहेको जनाइएको छ ।

सडक सफाइ
आन्दोलनकाक्रममा टायर बालेर फोहोर पारिएको दिपायलको सडक आन्दोलनकारी आफैंले सोमबारै सफा गरेका छन् ।

आफैंलाई असर पर्ने भएकाले बजार सफा गरिएको आन्दोलनको अगुवाइ गरिरहेका दिपायल–सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्