
प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म जहाँ पुर्याएपनि अनशन जारी राख्ने उनले बताए ।
सोमबार साँझ सन्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आफू बरु मर्न तयार रहेको तर बेथिति र भ्रष्टहरुसँग नडराउने स्पस्ट पारे ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबारैदेखि आमरण अनशन सुरु गरेका डा. केसीलाई पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा पक्राउ गरी मंगलबार (भोलि) बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ ।
डा. केसीले यसअघि सोमबारै दिउँसोदेखि प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आमरण अनशन सुरु गरेका थिए ।
बर्खास्तीमा परेका डा. शशी शर्मालाई आइओएमको डीनमा पुनर्बहाली गर्ने सर्वोच्चको आदेशबाट आक्रोशित भएका डा. केसीले प्रधानन्यायाधीश पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्