२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ललितपुरलाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्ला घोषणा गर्न माग


0
Shares

संघले आयोजना गरेको हालै निर्वाचित प्रतिनिधि तथा प्रदेशसभाका सदस्यहरुसँग बधाइ तथा स्वागत कार्यक्रममा अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्लालाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्लाको रुपमा घोषणा गर्न माग गरेका हुन् ।

अध्यक्ष महर्जनले स्थानीय तह, प्रदेश र संघ तीन तह मिलेर ललितपुर मौलिक कला, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यस्थल भएकोले ख्याल गरेर सो घोषणा गर्न माग गरेका हुन् ।

ललितपुरको कलाकौशल, सम्पदा बचाउन र पर्यटकीय क्षेत्रको विकास गर्न उक्त माग राखिएको अध्यक्ष महर्जनको भनाइ रहेको छ ।