२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


डा. केसीलाई प्रहरीले पक्रियो


0
Shares

डा. केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको सर्वोच्च अदालतको फैसलालगत्तै प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पताल महराजगन्जस्थित अनशनस्थलबाटै उनलाई पक्राउ पक्रेको हो ।

राति ८ बजेतिर पक्राउ गरिएका डा. केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीको अभिव्यक्तिले सर्वोच्च अदालत र मातहतका अदालतबाट भएका फैसला तथा न्यायालयको अवहेलना गरेको ठहर गर्दै डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालाई प्रमुख माग बनाइ डा. केसीले सोमबार अपराह्न ४ बजेदेखि अनशन सुरु गरेका थिए ।

यसैबीच, काठमाडौं प्रहरीका प्रमुख एसएसपी रवीन्द्र धानुकले डा. केसीको मानवअधिकारको सम्मान गर्दै हिरासतमा राखिएको र मंगलबार बिहान अदालतमा पेस गरिने बताए ।